समाचार

    नवलपरासीको अस्नैयाबाट ३१ क्वीन्टल अवैध गहुँ बरामद

    नवलपुर टुडे
    २०७९ माघ २१ | बिहान ११:१० बजे

      नवलपरासी, माघ २१ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ७ अस्नैयाबाट प्रहरीले अवैध गहुँ बरामद गरेको छ । शनिबार बिहान करिब ५ बजेको समयमा प्रहरीले लु १ ज ४४८९ नम्बरको पिकअप गाडीमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३१ क्वीन्टल गहुँ बरामद गरेको हो ।

      बरामद गहुँको अन्दाजी मूल्य रु. १,७९,८०० रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी बसहियाबाट प्र.ना.नि. बासुदेव ओलिको टोलीले गाडीको पट्टा भाँचिएको अवस्थामा फेला पारेको थियो । चालक भने गहुँसहित गाडी त्यही छाडी फरार रहेका छन् ।

      उक्त गहुँ ट्याक्टरमा पल्ट्री गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) का प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए । साथै फरार रहेका चालकको खोजतलास तथा उक्त गाउँको कस्तो हो भन्ने विषयमा समेत आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

        कमेन्टहरु