जनकपुरस्थित यातायात कार्यालयमा बिचौलिया काम गर्ने एक जना पक्राउ

नवलपुर टुडे
२०७९ माघ २० | मध्यान्ह ०५:१० बजे

अभिजित दास
धनुषा, माघ २० । यातायात व्यवस्था कार्यालय जनकपुरमा बिचौलियाको काम गर्ने थप १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरी सोनमा गाउँपालिका – ४ वस्ने अन्दाजी वर्ष ३० को आदित्य यादव रहेको छ ।
उनलाई जनकपुर उप-महानगरपालिका – १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइ दिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले दिउँसो १ बजेको पक्राउ गरिएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको धनुषा प्रहरीले बताए ।





