मधेश प्रदेश

    प्रहरी हिरासतबाट भागेका ६ जना थुनुवा मध्ये ४ जना पक्राउ, २ जना थुनुवाको तिव्र खोजी

    नवलपुर टुडे
    २०७९ माघ २० | मध्यान्ह ०५:१० बजे

      अभिजित दास
      धनुषा, माघ २० । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट थुनुवा कक्षको पर्खाल भत्काएर भागेका ६ जना थुनुवाहरू मध्ये ४ जना थुनुवाहरूलाई पुनः पक्राउ गरिएको छ ।

      पुनः पक्राउ पर्नेमा लागु औषध मुद्दाका अभियुक्त छिरेश्वरनाथ नगरपालिका – ५ का विनोद कुमार शर्मा, अभद्र व्यवहार तथा सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका थुनुवा मिथिला नगरपलिका – २ का २५ वर्षीय हरिदीप सिंह, सोही मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका – २ का अमित मण्डल र हातहतियार तथा खरखजाना मुद्दाका थुनुवा रोशनकुमार महतोलाई पुनः पक्राउ गरिएको प्रहरीले बताएको छ ।

      अन्य २ जना फरार थुनुवाहरूको तिव्र रूपमा खोजी कार्य भईरहेको छ । उनीहरुलाई चाडै पक्राउ गर्ने प्रहरीले बताएको छ ।

        कमेन्टहरु