काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

नवलपुर टुडे
२०७९ माघ १९ | मध्यान्ह ०५:१० बजे

काठमाडौं, माघ १९ । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले नमोबुद्ध–७ स्थित २० किलोमा ८ वर्षीया दिविशा अधिकारीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट दिविशाको घटनास्थलमै निधन भएको थियो ।
त्यसपछि आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





