समाचार

    पत्रकार पूर्णकुमार चौधरीको निधन

    नवलपुर टुडे
    २०७९ माघ १९ | बिहान ११:१० बजे

      धनकुटा । धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको बुधबार राति निधन भएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव ३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो ।

      चौधरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाका सचिव तथा रेडियो भेडेटारका स्टेसन म्यानेजरसमेत थिए । उनको पिसाबमा संक्रमण देखिएपछि धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको थियो ।

      गएराति १ बजे उपचारकै क्रममा उनको धरानमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बिहीबार दिउँसो धनकुटाको मूलघाटमा अन्त्येष्टि हुने पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए । चौधरीका श्रीमती तथा एक छोरा र एक छोरीसमेत छन् ।

        कमेन्टहरु