त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

नवलपुर टुडे
२०७९ माघ १९ | बिहान ०९:१० बजे

काठमाडौं, माघ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद कमल माहगोब रहेका छन् ।
हिजो फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत त्रिभुवन विमानस्थलमा ओर्लिएका माहगोबलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९ किलो १३५ ग्राम सुन बरामद भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
उनलाई गएराती १२ बजे नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





