दोलखाको कटुवाचौरमा आगलागी, ९ घर जलेर नष्ट

नवलपुर टुडे
२०७९ माघ १९ | बिहान ०८:१० बजे

दोलखा, माघ १९ । दोलखाको कालिञ्चोक गाउँपालिका – ९ कटुवाचौर बजारमा आगलागी भएको छ । आगलागीबाट ९ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बुधबार राति भएको आगलागीबाट बजारका ९ घर पूर्ण रुपले जलेर नष्ट भएको छ । आगलागीमा केही पशुचौपाय पनि जलेको बताइएको छ ।
आगलागीको कारण नखुल्न प्रहरीले जनाएको छ ।





