तस्कर

    सुस्ताको कुडियाबाट अबैध नदीजन्य पदार्थ (ढुङ्गा) बोक्ने दुईवटा ट्याक्टर नियन्त्रण

    नवलपुर टुडे
    २०७९ माघ १९ | बिहान ०७:१० बजे

      नवलपरासी, माघ १९ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका – ३ पथ्थरकलाबाट अबैध नदीजन्य पदार्थ (ढुङ्गा) बोक्ने दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

      गएराति ११:३५ बजे नारायणी नदीबाट अबैध रुपमा चोरी गरी ट्याक्टरमा ढुङ्गा ल्याउदै गरेको अबस्थामा प्रहरी चौकी कुडियाबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलीले लु ४ त २९५ र लु ४ त १८१५ नं. को ट्याक्टर नियन्तरणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख एवम सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

      नियन्त्रणमा लिईएको दुवै ट्याक्टर आबश्यक कार्बाहीका लागि सुस्ता गाउँपालिकामा पठाउने तयारी गरिरहेको समेत पाण्डेयले बताए ।

       

       

        कमेन्टहरु