मुख्य समाचार

    बागलुङमा आत्मदाहको अर्को प्रयास, घाइतेको अस्पतालमा उपचार हुँदै

    नवलपुर टुडे
    २०७९ माघ १८ | मध्यान्ह ०४:१० बजे
    सांकेतिक तस्बिर

      बागलुङ, माघ १८ । बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

      बागलुङ नगरपालिका-८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए । 

      जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । आत्मदाहको प्रयासबाट सख्त घाइते भएका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।

      आत्मदाहको कारण भने नखुलेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी थापाले जानकारी दिए । 

        कमेन्टहरु