मुख्य समाचार

    धनुषामा प्रहरी हिरासतबाट भागेका छ जनामध्ये तीन जना पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ १८ | मध्यान्ह ०२:१० बजे

      धनुषा, माघ १८ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छ जनामध्ये तीनजना थुनुवा पक्राउ परेका छन् ।

      पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ नगरपालिका–२ का  २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो छन् ।

      अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरूद्धको मुद्दाका हरिदीपलाई मंगलबार राति र अमितलाई मङ्गलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।

      आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छजना फरार भएका थिए। बाँकी तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

      जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी राखेको बताइएको छ । रासस

        कमेन्टहरु