समाचार

    नवलपरासीको बसहियाबाट १३३ बोरा अवैध गहुँ बरामद

    नवलपुर टुडे
    २०७९ माघ १८ | बिहान १०:१० बजे

      नवलपरासी, माघ १८ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ५ बसहियाबाट प्रहरीले अवैध गहुँ बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको गहुँ स्थानीय कैलास हजामको घरमा लुकाई छिपाई राख्ने क्रममा प्रहरीले बरामद गरेको हो ।

      बुधबार बिहान करिब ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोली, ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले गहुँ फेला पारी रितपुर्वक बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

      उनका अनुसार गहुँ १३३ बोरामा ६ टन ६ क्विन्टल ५० के.जी. रहेको छ । जसको अन्दाजी मूल्य २ लाख रहेको छ । उक्त बरामद गहुँ आवश्यक कारबाहीको लागि मेशपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको सूचना अधिकारी पाण्डेयले बताए । साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको पनि उनले बताए ।

      photo 2023 02 01 10 57 53

        कमेन्टहरु