समाचार

    सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयको निवेदन

    नवलपुर टुडे
    २०७९ माघ १७ | मध्यान्ह ०६:१० बजे

      काठमाडौं, माघ १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थुना राखेर कारबाही गर्नुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

      लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गर्दै मंगलबार महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो । सन्दीपलाई थुनामै राख्नुपर्ने महान्यायधिवक्ता कार्यालयको माग छ ।

      यसअघि काठमाडौं जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

        कमेन्टहरु