समाचार

    पोखरा जहाज दुर्घटना: छ जनाको डिएनए परीक्षण सुरू

    नवलपुर टुडे
    २०७९ माघ १७ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ १७ । पोखरा जहाज दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न डिएनए परीक्षण सुरू भएको छ ।

      त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरू गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरू गरिएको हो ।

      उनले परिवारको नमूना सङ्कलन र छजना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए । यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच गरी शव पहिचान गरिएको हो ।

      गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोंचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो । रासस

        कमेन्टहरु