मधेश प्रदेश

    यातायात कार्यालय लहानमा सेवाग्राहीहरुलाई हैरानी दिने चार जना बिचौलिया नियन्त्रण

    नवलपुर टुडे
    २०७९ माघ १६ | मध्यान्ह ०८:१० बजे

      सिरहा, माघ १६ । सिरहा प्रहरीले यातायात कार्यालयको काम गराउन गएका सेवाग्राहीहरुलाई हैरानी दिने चार जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

      नियन्त्रणमा पर्नेमा जिल्ला सप्तरी खडक नगरपालिक – ३ बस्ने बर्ष ४२ को जिवछ ठाकुर, बर्ष ३२ को अनिल कुमार चौधरी, लहान नगरपालिका – ७ बस्ने ४१ को बिष्णुदेव यादव र नवराजपुर गाउँपालिका – १ बस्ने बर्ष ३३ को नन्दन खेताङ्ग रहेको प्रहरीले जानकारी दिएको छ ।

      उनीहरुलाई लहान नगरपालिका – ८ स्थित रहेको यातायात व्यवस्था कार्यालयमा आएका सेवाग्राहीहरुलाई काम छिटो छरितो गरि दिन्छु भनि बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरुलाई अनावश्यक हैरानी दिने भन्ने पटक-पटक जनगुनासो आएकोले ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटि गएको प्रहरी टोलीले अनुगमन गर्दा जनगुनासो अनुसारको कार्य गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएका हुन ।

      प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालत सिरहाबाट अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद लिई आबश्यक थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ ।

        कमेन्टहरु