समाचार

    बर्दघाटबाट २ लाख ५८ हजारको अबैध कपडा बरामद

    नवलपुर टुडे
    २०७९ माघ १६ | मध्यान्ह ०४:१० बजे
    फाइल तस्बिर

      नवलपरासी, माघ १६ । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले भन्सार छली ल्याएको अबैध कपडा बरामद गरिएको छ ।

      ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.नि.वीरेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले बर्दघाट नगरपालिका – ४ टिसिएन चोकबाट आज दिउँसो २ बजे बरामद गरिएको हो । बरामद कपडा अन्दाजी मूल्य २ लाख ५८ हजार बराबरको रहेको छ ।

      ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.नि.वीरेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले टिसिएन चोकस्थित पुर्व-पश्चिम राजमार्गमा अबैध भन्सार छली/चोरी निकासी गरी लुकाई छिपाई ल्याई वेवारिसे अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।

      बरामद कपडा दिउँसो ३:२० बजे आबश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको पाण्डेयले बताए ।

        कमेन्टहरु