बिश्व

    भारतमा प्रहरीद्वारा गोली हानेर मन्त्रीको हत्या

    नवलपुर टुडे
    २०७९ माघ १६ | मध्यान्ह ०१:१० बजे

      धर्मेन्द्र कुमार कुर्मी
      विजयनगर, माघ १६ । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् । 

      सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । घाइते मन्त्रीको उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोली हान्ने सबइन्स्पेक्टरलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । 

      उनीसँग सोधपुछ जारी रहे पनि घटनाको कारण बाहिर आइसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

        कमेन्टहरु