देश

    गैंडाकोटबाट अवैध काठसहित तीन जना पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ १६ | मध्यान्ह ०१:१० बजे

      गैंडाकोट, माघ १६ । गैंडाकोट प्रहरीले अबैध काठसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका – ६ बस्ने बर्ष ३५ को रविन रानाभाट, गैंडाकोट नगरपालिका – ४ बस्ने बर्ष ३२ को राजु परियार र बुलिङटार गाउँपालिका – १ बस्ने बर्ष ३६ को प्रेम कुमार डिसुवा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

      उनीहरुलाई आज बिहान अन्दाजी १०:५५ बजेको समयमा गैंडाकोटबाट पक्राउ गरिएको हो । प्रहरीले गैंडाकोट नगरपालिका – ४ झपर्दीस्थित सिता रानाभाटको नवनिर्माण कम्पाउन्ड गरेको घरको आगनमा चोरी निकासी गरी अवैध सालको चिरान काठ त्रिपालले छोपी राखिएको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्र.स.नि.सुवास थापा मगरको कमाण्डमा खटि गएको ५ जनाको टोलीले सालको चिरान काठसहित पक्राउ गरेको हो ।

      प्रहरीले २५ थान (२५ क्यु फिट), अन्दाजी मूल्य रु.१,२५,०००।- (अक्षरुपी एक लाख पच्चीस हजार) बराबरको अवैध सालको चिरान काठ बरामद गरिएको हो । पक्राउ पर्नेहरुलाई इलाका प्रहरी कार्यालय गैंडाकोमा राखिएको छ भने बरामद काठ आवश्यक कार्वाहीको लागी सव डिभिजन बन कार्यालय गैडाकोटमा पठाईएको नवलपुर प्रहरीले बताएको छ ।

        कमेन्टहरु