मधेश प्रदेश

    धनुषाबाट पर्खाल तोडेर ६ जना थुनुवा फरार

    नवलपुर टुडे
    २०७९ माघ १६ | बिहान ०८:१० बजे

      धनुषा । धनुषा प्रहरीको हिरासतबाटै आइतबार राति ६ जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल तोडेर फरार भएका हुन् ।

      विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका उनीहरू थुनुवा घरको पर्खाल तोडेर फरार भएको मधेश प्रदेश प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिएका छन् । उनका अनुसार धुनुवाको खोजीकार्य भइरहेको छ ।

      लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका धनुषा क्षिरेश्वरनाथ नगरपालिका  ५ का बिनोद कुमार शर्मा, राष्ट्र सेवक कर्मचारीको काममा बाधा अवरोध गरेको मुद्दामा क्षिरेश्वरनाथ नगरपालिका – २ का अमित मण्डल र सोही मुद्दामा प्रहरी हिरासतमा रहेका रोशन यादव फरार भएका हुन्।

      त्यस्तै अभद्र व्यवहार मुद्दामा थुनामा रहेको मिथिला नगरपालिका – २ का हरिदिप सिंह, हातहतियार तथा खरखाजाना मुद्दामा मिथिला नगरपालिका – ६ का रोशन महतो र सोही मुद्दाका थुनुवा शंकर सिंह फरार भएका छन्।

      photo 2023 01 30 08 41 34

        कमेन्टहरु