देश

    गैंडाकोटबाट लागुऔषधसहित दुईजना युवक पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ १६ | बिहान ०९:१० बजे

      गैडाकोट, माघ १६ । पुर्वी नवलपरासीको गैडाकोटबाट लागुऔषधसहित दुईजना युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा गैडाकोट नगरपालिका – २ बस्ने बर्ष ३९ को सञ्जु राई र कावासोती नगरपालिका – ३ बस्ने बर्ष ३४ को भिम महत्तो रहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

      आज बिहान ४:१५ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेको बसलाई प्र.नि.रीता पौडेलसहितको चार जनाको कमाण्डमा चेकजाँच गर्ने क्रममा बसबाट एक्कासी झरी भाग्ने क्रममा पक्राउ गरेको हो ।

      उनीहरुलाई पक्राउ गरी चेकजाँच गर्ने क्रममा सञ्जु राईले बोकेको कालो भिर्ने झोलामा लुकाई छिपाई राखेको लागुऔषध डाइजेपाम- १४९ एम्पुल, नुफिर्न-१४६ एम्पुल, फेनार्गन-१५० एम्पुल गरी जम्मा ४४५ एम्पुल लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गैंडाकोटमा राखिएको छ ।

       

        कमेन्टहरु