गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा: पौडेल नियुक्त

नवलपुर टुडे
२०७९ माघ १५ | मध्यान्ह ०६:१० बजे

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा डा.गिरधारि शर्मा पौडेल नियुक्त भएका छन् ।मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले दोहोर्याएर आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । यसअघि प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका पालामा पनि पौडेल योजना आयोगको उपाध्यक्ष थिए ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता रोशन गाहामगरले बताए । पौडेल हाल युएनडिपीमा कार्यरत छन् । उनको स्थायी घर स्याङ्जा आँधीखोला गाउँपालिका हो । यस्तै आयोगको सदस्यमा डाक्टरद्वय सुवास अधिकारी र शान्तकुमारी खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता मगरले बताए ।





