तस्कर

    नवलपरासी प्रहरीले अबैध सामान धमाधम बरामद

    नवलपुर टुडे
    २०७९ माघ १५ | मध्यान्ह ०६:१० बजे

      नवलपरासी, माघ १५ । नवलपरासी प्रहरीले बिभिन्न मितिमा भारतबाट अबैध रुपमा नेपाल ल्याएको ३ लाख ८६ हजार मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

      भारतबाट अवैध रुपमा भन्सार छली ल्याई राखेको अबस्थामा अन्दाजी ३ लाख ८६ हजार १ सय १० मुल्य बराबरको साडी, कोरा कपडा, कुर्ता सुरवाल, थानको कपडा, सिलिङ कपडा लगायतका बिभिन्न कपडा, कस्मेटिक सामान तथा बिभिन्न गाडीको पार्टपुर्जा बरामद गरेको हो ।

      जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी चौकी गेर्मी, भुजहवा र गोवरहियाबाट खटिएको प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

      बरामद सामान जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ल्याई राखिएकोको थियो । सोही सामान आइतबार आवश्यक कारबाहीको लागि मेशपुर भन्सार कार्यालय
      बुझाईएको पाण्डेयले बताए ।

        कमेन्टहरु