देश

    चोरीको मोटर सरावल वड्सारेमा फेला

    नवलपुर टुडे
    २०७९ माघ १५ | मध्यान्ह ०६:१० बजे

      नवलपरासी, माघ १५ । पश्चिम नवलपरासी प्रहरीले चोरी भएको पानी तान्ने मोटर फेला पारेको छ । सरावल गाउँपालिका – ३ र बर्दघाट नगरपालिका – १३ जोड्ने निर्माणधिन पुलमा निर्माण कन्ट्रक्सन कम्पनीले प्रयोग गरी राखेको अन्दाजी ७ लाख मुल्य बराबरको समरसेल मेसिन (पानी तान्ने मोटर) फेला पारेको हो ।

      गत १० गते रातको समयमा चोरी भएको भन्ने खवर प्राप्त हुना साथ खोजतलास गर्दै जाने क्रममा आज (आइतबार) दिउँसो १४:३० बजेको समयमा प्रहरी चौकी गोवरहियाबाट प्र.ना.नि. गोकर्ण चौहानको कमाण्डमा खटि गएकोको प्रहरी टोलीले उक्त मेसिन सरावल गाउँपालिका – ४ वड्सारे बस्ने राजेन्द्र केवटको मलखादमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

      उक्त मेसिन चोरी गर्ने व्यक्ति हालसम्म फेला परेको छैन ।खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको पाण्डेयले बताए ।

        कमेन्टहरु