बिश्व

    पाकिस्तानमा बस दुर्घटना, ४० जनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ माघ १५ | मध्यान्ह ०१:१० बजे

      क्वेटा । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएको छ । 

      मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले दुर्घटनास्थलमा बताएका छन् । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । बसमा ४८ जना यात्रु सवार रहेका र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ । 

      राजमार्गहरु ढिलो सुरक्षा उपायहरु र लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक दुर्घटना हुने गरेको पाइन्छ । यात्रु बसहरुको क्षमता भन्दा यात्रु सवार र सिट बेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा एकल सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको संख्या सामान्य छ ।

      सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी दुई हजार ७०० भन्दा बढी मानिसहरू मारिएका  विश्व स्वास्थ्य संगठनले जनाएको छ । (रासस/एएफपी)

        कमेन्टहरु