समाचार

    रवि लामिछानेले पाए नयाँ नागरिकताको प्रमाणपत्र

    नवलपुर टुडे
    २०७९ माघ १५ | मध्यान्ह ०१:१० बजे

      काठमाडौ, माघ १५ । रवि लामिछानेले नयाँ नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

      अमेरिकी नागरिकता त्यागेको निस्सा प्रशासनमा पेस गरेपछि लामिछानेले नयाँ नागरिकता पाएका हुन् । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने बताएको थियो ।

      जसका कारण उनको मन्त्री, सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदसमेत सर्वोच्चले शुक्रबार खारेज गरिदिएको थियो ।

        कमेन्टहरु