पोखरामा आत्मदाहको प्रयास, घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुँदै

नवलपुर टुडे
२०७९ माघ १५ | मध्यान्ह ०१:१० बजे

पोखरा, माघ १५ । पोखरामा आत्मदाहको प्रयास भएको छ । पोखरा महानगरपालिका – १३ काहुँखोलाका संगीता सापकोटा र कृष्णबहादुर क्षेत्री आइतबार आत्मदाहको प्रयास गरेका हुन् ।
उनीहरुलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरी अस्ताल पुर्याएका हुन् । उनीहरुको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर सुवास तिमिल्सिनाले जानकारी गराए । कृष्णबहादुर क्षेत्री बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँन खोज्दा उनी पनि जलेको एक स्थानीयले बताए ।
केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए ।





