देश

    हिउँ पन्छाएपछि खुल्यो नाग्म–गमगढी सडक

    नवलपुर टुडे
    २०७९ माघ १५ | मध्यान्ह १२:१० बजे

      मुगु, माघ १५ । हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक सञ्चालन भएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो ।

      यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म–गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् । उक्त कार्यालयले १२ गतेदेखि नैै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जंगी विश्वकर्माले बताए ।

      विगत वर्षमा वर्षायाममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिना दिनसम्म अवरुद्घ हुने गरेको थियो । सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिटै बाटो सञ्चालनमा आएको हो । रासस

        कमेन्टहरु