देश

    गुल्मीमा हात-खुट्टा बाँधिएको अवस्थामा एक महिलाको शव फेला

    नवलपुर टुडे
    २०७९ माघ १५ | मध्यान्ह १२:१० बजे

      काठमाडौं, माघ १५ । गुल्मीमा हात-खुट्टा बाँधिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ । आइतबार बिहान मुसिकोट नगरपालिका – ७ का अन्दाजी ५७ वर्षीया गंगादेवी शेरचनको घरभित्रै शव फेला परेको हो । 

      उनको शव हात-खुट्टा बाँधिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले जानकारी दिए । शव फेला परेको भन्ने खबर प्राप्त गरेपछि घटना शंकास्पद रहेकाले एसपीसहितको टोली घटनास्थलतर्फ लागेको उनलेे बताए । 

      नजिकैको प्रहरी चौकीको टोलीले अहिले घटनास्थललाई सुरक्षा दिइ राखेको प्रमुख एसपीले जानकारी दिए । ती महिलाले सोही घरमा चिया पसल सञ्चालन गर्दै आएकी थिइन् ।

        कमेन्टहरु