नेपाल नेत्रज्योति संघले नवलपरासीका २५० जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिने

नवलपुर टुडे
२०७९ माघ १५ | मध्यान्ह १२:१० बजे

नवलपरासी, माघ १५ । नेपाल नेत्रज्योति संघले पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा हिजो (शनिबार) आँखा शिविर संचालन गरेको थियो । शिविरमा २५० जनामा मोतिविन्दुको समस्या देखिएको र उनीहरुको नेपाल नेत्रज्योति संघले नै निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।
आँखा शिविरमा ६३४ जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये २५० जनामा मोतिविन्दु भएको र उनीहरूको विनोद निकिता कण्डेल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने अस्पतालका व्यवस्थापक तुलसीप्रसाद पराजुलीले जानकारी दिए ।
मोतिविन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताको सबैभन्दा प्रमुख कारण भएको चिकित्सकको भनाइ छ ।





