धनकुटा महोत्सवमा अत्यधिक भिडका कारण ठेलमठेल हुँदा नौ जनाभन्दा बढी घाइते

नवलपुर टुडे
२०७९ माघ १४ | मध्यान्ह १०:१० बजे

धनकुटा, माघ १४ । धनकुटा महोत्सवमा कन्सर्ट हेर्न गएका नौ जनाभन्दा बढी घाइते भएका छन् । शनिबार भएको गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेका उनीहरू भीडमा परी घाइते भएका हुन् ।
घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।
घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजका सबै कार्यक्रम स्थगन भएको छ । रासस





