समाचार

    डायनामिक सामाजिक बिकास संस्था कपिलवस्तुको विशेष महाधिवेशन सम्पन्न

    नवलपुर टुडे
    २०७९ माघ १४ | मध्यान्ह ०८:१० बजे

      कपिलवस्तु । कपिलबस्तु जिल्लाको सामाजिक बिकास क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका डायनामिक सामाजिक बिकास संस्थाले युवालाई देश विकासको आधार तथा सुनौलो भविष्यका लागि ज्यादै महत्वका साथ हेरिन्छ ।

      त्यसैले देशका क्षेत्रमा युवालाई हरेक क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक लगायतका विविध क्षेत्रमा नवीन परिवर्तन ल्याउने कार्यमा युवावर्गको भूमिका अहम् रहन्छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सिर्जनशील बनाई जिम्मेवार नागरिक बनाउन विशेष दायित्व वहन गर्नुपर्छ ।

      हाम्रो सन्दर्भमा हेर्दा खेरी विकास–निर्माणमा र युवालाई नेतृत्वमा पुर्‍याउने कार्यमा राज्य चुकेको देखिन्छ । युवा वर्गलाई देशभित्रै रहेर राष्ट्र निर्माण कार्यमा अहम् भूमिका निर्वाह गर्ने वातावरण निर्माणका लागि राज्यले युवामैत्री नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी देखिएको हुँदा यस संस्थाले स्थापना कालदेखि नै कार्य गर्दै आएकोले जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन । यस डायनामिक सामाजिक बिकास संस्थाले बिशेष साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न गरेको छ ।

      अधिवेशनले मोहम्मद इरफान मन्सुरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ ।
      जसको उपाध्यक्षमा भुपाल थापा, सचिवमा बिक्रम बिश्वकर्मा, कोषाध्यक्षमा सम्झना चौधरीलाई चयन भएका छन् । सदस्यहरुमा रचना खासु मगर, शिवा गुप्ता, सरिता कोरी, मायादेवी चौधरी र अंशु ढकाल चयन भएका छन् ।

      कार्यक्रममा संस्थाका उपाध्यक्ष भुपाल थापाले चालु आर्थिक बर्ष २०७९/८० को अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन कोषाध्यक्ष सम्झना चौधरीेद्धारा प्रस्तुत गरिएको थियो ।

        कमेन्टहरु