समाज

    समाजसेवामा अग्रसर रामग्रामका युवा नेता सरोज क्षेत्री

    नवलपुर टुडे
    २०७९ माघ १४ | मध्यान्ह ०७:१० बजे

      रामजि प्रजापति
      परासी । पश्चिम नवलपरासीको रामग्राम – ५ को एक युवा नेता समाजसेवी सरोज क्षेत्रीले एक गरीब बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन । अहिलेको समयमा आफ्नो बाहेक अरुलाई सोच्ने र सहयोग गर्ने कमै भेटिन्छन् । तर, यस्तो समयमा पनि गरीबहरुकोलागि आफ्नो वडामा अहोरात्र खटेर सहयोगको भावना राखेर आफ्नो वडा तथा युवाहरूको सोचमा परिवर्तन गरिरहेका छन ।

      रामग्राम – ५ का एक महिलाको दुई बच्चा छन । तर, उनको श्रीमान छैनन । उनी एकदमै गरिबीबाट गुज्रिरहेकी छिन । दिनहुँ मजदुरी गरेर आफ्नो र बच्चाहरूलाई छाक टार्नसम्म धौंधौं छिन । हरेक सामान महगो हुदा कुनै कुनै दिन भोकै सुत्नु पर्ने हुन्छ । तर, त्यस्ता गरिबिको आगोमा तडपिरहेका परिवारमाथि नगरपालिकाको ध्यान पुग्दैन ।

      क्षेत्रीलाई यस्तो पीडा भोगिरहेकी महिलाको बारेमा जानकारी आउन साथ उनी आफ्नो पैसाले चामल, दाल, सोयाबिन, नुन, तेल तथा अन्य सामान किनेर ती महिलाको घर पुगेर ती सामान दिए । र अरु कुनै किसिमको आवस्यकता छ, भने जानकारी गराउन आग्रह पनि गरेर बिगत दिनमा त्यस्तो समस्यामा परेका वडाबासीहरुको लागि हमेसा तत्पर रहने छु भनेर वडावासीहरुलाई आश्वासन पनि दिएका छन ।

      यो भन्दा पहिला पनि उनले सामाजिक कार्यलाई अगाडि बढाउदै नगरपालिकामा सरसफाईको काम गर्ने केही ब्यक्तिहरुलाई मोबाइल दिएर उनीहरुको मनोबल बढाएका थिए । यस्तै अनेकौ काममा सहयोग गरेका छन ।

        कमेन्टहरु