मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ माघ १४ | बिहान १०:१० बजे

हेटौंडा । मकवानपुरको मनहरी – ६ नयाँबस्तीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका – १५ का ४० वर्षीय शंकरत्न तितुङको ज्यान गएको हो ।
तितुङको ज्यान गएपछि स्थानीय बासिन्दाहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।
ठक्कर दिने ट्याङ्कर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।





