राजनीति

    ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्तिमा प्रवेश गर्दै

    नवलपुर टुडे
    २०७९ माघ १४ | बिहान ०९:१० बजे

      भैरहवा, माघ १४ । ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन् ।

      आज (शनिबार) भैरहवामा एक कार्यक्रमका बीच अभिनेत्री तथा मोडेल एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी हुन् । एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आइसकेकी छन् ।

      गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि धमला पनि भैरहवा आउने बताइएको छ ।

        कमेन्टहरु