समाचार

    पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार

    नवलपुर टुडे
    २०७९ माघ १४ | बिहान ०७:१० बजे

      चितवन, माघ १४ । चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ ।

      नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवमा पत्रकार पौडेललाई पुरस्कार प्रदान गर्न लागिएको हो । हुचिल उत्सव यही माघ २० र २१ गते कैलालीमा हुँदैछ । उत्सवको अन्तिम दिन चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गर्न लागिएको हो ।

      संरक्षणकर्मीहरुलाई जनही नगद रु. २५,०००/– सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । पत्रकार पौडेलसंगै यसवर्ष पुरस्कृत हुनेहरुमा बारेकोटे गाउँपालिका, जाजरकोटका संरक्षणकर्मी गोविन्द बहादुर सिंह, काठमाडौँ, गोकर्णेश्वर–४ का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे रहेका छन् ।

      पत्रकार पौडेल कान्तिपुर दैनिकका चितवन संवाददाता हुन् । उनी लामो समयदेखि संरक्षणको क्षेत्रमा कलम चलनाउँदै आइरहेका छन् ।

        कमेन्टहरु