देश

    गुल्मीमा बहुविवाहको आरोपमा दुई जना पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ १३ | मध्यान्ह ०८:१० बजे

      इन्द्रजित नेपाली
      गुल्मी । गुल्मी जिल्लामा छुट्टाछुट्टै दुई स्थानबाट बहु विवाहको कसुरमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका ८ मा बसोबास गर्दै आएका अन्दाजी २५ वर्षीय आशिष थापा र सोही ठाउँकी २५ वर्षीया महिला रहेका छन ।

      थापाकी जेठी श्रीमतीले दिएको उजुरीका आधारमा उनका श्रीमान थापासहित जाहेरीमा उल्लेखित महिलालाई प्रहरीले पक्राउ गरेको हो । यसै गरी गुल्मी जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी दरबार गाउँपालिका ३ बस्ने ३६ वर्षीय बजिन्द्र झाँक्री पक्राउ परेका छन । उनकी जेठी श्रीमतीले दिएको उजुरीका आधारमा प्रहरीले बजिन्द्रसहित जाहेरीमा उल्लेखित महिलालाईसमेत पक्राउ गरेको हो।

      उनी माथी मुसिकोट नगरपालिका ३ बस्ने ३० वर्षीया एक महिलालाई दोस्रो बिबाह गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी माधव प्रसाद खरेलले जानकारी दिए। उनिहरु विरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

        कमेन्टहरु