महोत्तरीमा ट्र्याक्टर पल्टिँदा १ को मृत्यु, २८ जना घाइते


महोत्तरी, माघ १२ । महोत्तरीको बर्दिवास नगरपालिका-३ स्थित पाटु मोडमा ट्र्याक्टर पल्टिँदा १ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थालु बोकेर आएको प्रदेश २-०२-००१ त.२२६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा धनुषा औरहीकी ३५ वर्षीय अमेरिकादेवी मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रवि रावलले जानकारी दिए ।
यस्तै दुर्घटनामा कुमारी मण्डल, जुलेवी मण्डल, चन्द्रकुमारी मण्डल, रेम्नी देवी, नयनकुमारी मण्डल, पवनदेवी मण्डल, सिकिलिया मण्डल, सीताकुमारी मण्डल, सुकुमरिया देवी, देवु मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रा देवी ठाकुर, चन्द्रा देवी मण्डललगायत घाइते भएका छन् ।
गम्भीर घाइतेलाई काठमाडौं रेफर गरिएको डीएसपी रावलले बताए । अन्य घाइतेलाई जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, शुभस्वस्तिक र बर्दिबास अस्पतालमा राखिएको छ ।
ट्रयाक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिकाका रहेको प्रहरीले जनाएको छ ।





