राजनीति

    अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

    नवलपुर टुडे
    २०७९ माघ १२ | मध्यान्ह ०२:१० बजे

      काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । पूर्वसभामुखसमेत रहेका सापकोटालाई उपाध्यक्ष बनाउन पार्टीमा छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले बताए ।

      ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । आजको स्थायी कमिटी बैठकले निर्णय गर्नसक्छ ।’ समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न अहिले माओवादीको स्थायी कमिटी बैठक बस्दैछ ।

      २१ पदाधिकारी रहेको माओवादीमा अहिले उपाध्यक्ष कृष्णबहादुर महरामात्रै छन् । महराको वरीयतापछि सापकोटालाई राख्ने तयारी छ । यस्तै माओवादीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ छन् ।

        कमेन्टहरु