देश

    बागलुङमा दुई किशोरी बलात्कृत, दुई युवक पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ १२ | मध्यान्ह ०२:१० बजे

      बाग्लुङ । बागलुङमा दुई किशोरी बलत्कृत भएका छन् । १६ र १७ वर्षीया दुई किशोरी बलात्कृत भएका हुन् ।

      बलात्कार आरोपमा ढोरपाटन नगरपालिका–७, बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जीवन विकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

      आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति बलात्कार गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनीहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु