समाचार

    काठमाडौं महानगरले हटायो ९ हजार अनधिकृत होडिङ बोर्ड

    नवलपुर टुडे
    २०७९ माघ १२ | मध्यान्ह ०१:१० बजे

      काठमाडौँ, माघ १२ । काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत होर्डिङ बोर्ड हटाएको छ । तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो । 

      गएको असोज ७ गते महानगरले मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।

      तोकिएको समयसिमाभित्र नहटाइएका अनधिकृत बोर्ड तथा पाटी कार्तिक २७ गतेदेखि हटाउन थालिएको महानगरले जनाएको छ । महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फिटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्ग फिटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो ।

      १५ वर्गफिटदेखि ३० वर्गफिटसम्मका परिचय पाटीको प्रति वर्गफिट १ हजार रुपैयाँका दरले थप शुल्क तिनुपर्छ । 

        कमेन्टहरु