धर्म–संस्कृति/रीतिथिति

    राष्ट्रपति लगायत उच्च पदाधिकारीहरुले मनाए वसन्त श्रवण (तस्बिरहरु)

    नवलपुर टुडे
    २०७९ माघ १२ | मध्यान्ह १२:१० बजे

      काठमाडौँ, माघ १२ । आज वसन्त पञ्चमीको दिन काठमाडौको हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०:४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण मनाइएको हो ।

      वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

      सरस्वती पूजाको अवसरमा राष्ट्रपतिले बसन्तपुर पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै हुदै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्दै पञ्चेबाजाले स्वागत गरेको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरेकी छन् ।

      वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ ।

      photo 2023 01 26 12 08 52photo 2023 01 26 12 08 53 photo 2023 01 26 12 08 55 photo 2023 01 26 12 08 56 photo 2023 01 26 12 08 57

        कमेन्टहरु