“डियर बालेन” तपाइँ नेपाली समाज अनुकुल मेयर होइन ?


काठमाडौ । हामीलाई व्यवस्थित शहर पनि चाहिने, कानुनी सिस्टम पनि चाहिने सबैकुरा कनुनत: वैधानिक पनि चाहिने तर, इमानदार प्रयासरत काम गर्दै गर्दा त्यस प्रकारको सम्पत्तीहरु सम्बन्धितको निजि पर्यो भने चैं “बालेनको ज्यादती” भन्दै फरक चरित्र प्रदर्शन गर्न काठमाडौलाई अलिकति पनि लाज किन नलागेको ?
समाजमा अलि कति आशा लाग्दो देखिएका “सुमन सायमी” जस्ता पात्रहरु निर्लज्ज भएर “बालेनको ज्यादती” नामक तथाकथित अभियानमा संलग्न हुनु अत्यन्त दु:खद छ। हुन त सुमन सायमी जस्ता पात्रहरुलाई अहिले देखिनै भोट बैंक खडा गरेर अर्को पाँच बर्षपछि पनि आफ्नो राजनीतिक यात्रा सुरक्षित गर्नु पर्ने होला तर, भोट बैंकको राजनीतिले सुमन सायमीलाई कतिन्जेल बचाई राख्ला ?
भर्खरै एउटा कमेडी कार्यक्रम चलाउने कार्यक्रमका प्रस्तोता “विशाल भण्डारी” ले एउटा स्ट्याटस मार्फत भत्काउन बाहेक के गर्नु भयो ? भनेर सोधेका थिए । विशाल भण्डारीले सामाजिक संजाल मार्फत “बालेन बिरोधी” अभियानलाई प्रभावकारी बनाउन उक्त स्ट्याटस लेखेको सत्य बुझ्न अफ्ट्यारो पक्कै छैन ।
“भत्काउन बाहेक के गर्नुभयो” ? भन्दै गर्दा फोहोर व्यवस्थापन गरेर काठमाडौं मतदाताको स्वास्थ्य र वातावरणीय पर्यावरणमा पुर्याएको योगदानलाई विशाल भण्डारीले पोलेर खाए, फुटपाथ व्यवस्थापन गरेर सफा र व्यवस्थित गर्दै ट्राफिक सहजीकरण र दुर्घटना न्यूनीकरणमा पुर्याएको योगदानका कार्यहरुको तथ्य पनि बिशाल भण्डारी र सुमन सायमी “जस्ता व्यक्तिहरुले पोलेर खाए,।
धेरै समय अगाडि एउटा हिन्दी सिनेमा आएको थियो सिनेमाको नाम थियो “नायक” उक्त सिनेमा भित्र अनिल कपुरको रोल बहुतै सानदार देखेपछि आजसम्म पनि धेरै लाई लाग्ने गरेको एउटै कुरा के हो भने लिडर भनेको त नायक सिनेमाको जस्तो अनिल कपुर जस्तै हुनु पर्छ । हाम्रो देशमा पनि त्यस्तै नायक भैदिएको भए…, कहिले जन्मेला त्यस्तो नायक ? इत्यादि भावनाहरुका छालहरु त्यही काठमाडौं मतदाताहरुको मन मस्तिष्कमा छ-छल्किएकै हो ।
ठिक त्यस्तै लिडर मेयरको रुपमा काठमाडौंले धेरै बर्षपछि प्राप्त त गर्यो तर, कालो सम्पत्ती माथी कार्वाही कार्यक्रमको थालनी भएपछि काठमाडौंको मनमा कालै दाग देखियो। जहाँ सम्म भत्काउने मात्रै ? बनाउने चै कहिले ? भनेर सोध्ने प्रश्नको उत्तर खोजिरहेकाहरुलाई सायद बालेनले पक्कै उत्तर दिदै भन्लान !
“ध्वंस नै निर्माणको सुरुवात हो”
“निर्माण गर्नलाई नै ध्वंस गरिएको हो”
“अवैधानिक संरचना ध्वंस भएपछि, कानुन बिपरितका टहराहरु ढलेपछि, कब्जा गरेका सरकारी सम्पत्तीहरु फिर्ता भएपछि आफैंमा स्वतह: निर्माण देखिने छ । त्यहाँ सफा देखिने छ । त्यहाँ ट्राफिक सहजीकरण मिल्ने छ । त्यहाँ व्यवस्थित पार्किङ हुने छ । त्यहाँ वातावरणीय पर्यावरणको संरक्षणमा योगदान पुग्ने छ । जलबायु परिवर्तन/जलबायु प्रदूषण रोक्न भुमिका पुग्ने छ । त्यहाँकै पब्लिकको स्वास्थ्य स्वस्थ हुने छ । त्यहाँ एउटा गहिरो सिस्टम बस्ने छ ।
दु:खद: यहाँ त अवैधानिक कालो धन थुपारेर बसेका विशाल भण्डारी र सुमन सायमी जस्ताको रुपमा बडेबडे रैथाने, स्थानीय, अन्तर स्थानियहरुको उठिबास हुने भएपछि तिनिहरुले यो ध्वंस अर्थात “भत्काएको” मात्रै भनेर “बालेन ज्यादती- बालेन आतंक” नाउँ दिएर बिरोध गर्नु उनीहरुको नित्य धर्म हो त्यसमा मलाई कुनै आश्चर्य लागेको छैन । सायद यस्तै उत्तर हुदो हो मेयर बालेनको तर्फबाट।
लेखक: राजु ढुंगाना (प्रनिल)





