देश

    आर्थिक भार थेग्न नसकेको जनाउँदै विराटनगरमा एक व्यवसायीले गरे आत्महत्या

    नवलपुर टुडे
    २०७९ माघ १२ | बिहान ०८:१० बजे

      माेरङ, माघ १२ । विराटनगरमा एक व्यवसायीले आत्महत्या गरेका छन् । आर्थिक भार खेप्न नसकेको जनाउँदै विराटनगर महानगरपालिका – ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन् ।

      विराटनगर शनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, माेरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपककुमार श्रेष्ठले जानकारी दिए ।

      photo 2023 01 26 08 01 53

      माेरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले लेखेर छाडेको तीन पन्नाको सुसाइड नाेट भेटिएको छ । जसमा उनले बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नु परेको उल्लेख छ ।

      photo 2023 01 26 08 01 57

      सुसाइड नाेटअनुसार न्याैपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएका थिए । बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नाेटमा उल्लेख छ ।

      photo 2023 01 26 08 02 10

        कमेन्टहरु