समाचार

    रंगशाला बनाउँदाको बक्यौता नतिरेको भन्दै धुर्मुस-सुन्तली फाउण्डेशनको बिजुली काट्न पत्राचार

    नवलपुर टुडे
    २०७९ माघ ११ | मध्यान्ह ०८:१० बजे

      चितवन, माघ ११ । नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउण्डेशनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने भएको छ ।

      चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको छ ।
      पत्रमा फाउण्डेशनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुलीमा गर्न अनुरोध गरिएको छ ।

      फाउण्डेशनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी छ । पत्रमा ६ महिनादेखि फाउण्डेशन सम्पर्कविहीन भएको उल्लेख छ । ७ महिनाअघि फाउण्डेशनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको थियो । तर, फाउण्डेशनले बक्यौता नतिरेपछि ६ महिनाअघि रंगशालाको लाइन काटिएको थियो ।

      भरतपुर वितरण केन्द्रले पटक पटक ताकेता गर्दा पनि फाउण्डेशनका सञ्चालक र पदाधिकारी सम्पर्कमा नआएकाले फाउण्डेशनका सबै कार्यालयहरुमा लाइन काट्न लागिएको बताएको छ ।

        कमेन्टहरु