समाचार

    प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

    नवलपुर टुडे
    २०७९ माघ ११ | मध्यान्ह ०३:१० बजे

      काठमाडौं, माघ ११ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् । बुधबार दिउँसो युवाहरूले माइतीघर मण्डलमा आचार्यको न्यायका लागि प्रदर्शन गरेका हुन् ।

      उनीहरू माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थिए । उनीहरूले बानेश्वरमा मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिएका छन् । उनको आत्मदाह पछाडी रहेको आर्थिक, सामाजिक, राजनीतिक कारणको पहिचान गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।

      देशमा केही गर्ने भन्नेका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरूद्ध कडा कानुनको निर्माण गर्न लगायतका मागसहित प्रदर्शन भएको थियो । आचार्यको आत्मदाहमा राज्य जिम्मेवार भएको भन्दै युवाहरूले ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ भन्दै सचेतसमेत गराएका छन् ।

      आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।

      photo 2023 01 25 14 58 46

      photo 2023 01 25 14 58 47 photo 2023 01 25 14 58 49 photo 2023 01 25 14 58 50 photo 2023 01 25 14 58 52 photo 2023 01 25 14 58 54

        कमेन्टहरु