सरस्वती पुजाको अवसरमा ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरुद्वारा सरसफाई


बीरगंज १० माघ । सरस्वती पुजाको अवसर पारेर नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मगंलबार वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
यही माघ महिनामा हुने विद्याकी देवी माता सरस्वती पुजाको दिन नजिकिँदै जाँदा ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाई समितिद्वारा वृहत सरसफाई गरेको हो । नेपाल विद्यार्थी संघ इकाई समितिका बिद्यार्थी नेता सुधानशु चौरसियाको अध्यक्षतामा सरसफाइ कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, अशोक गुप्ता, क्षेत्र न. २ का क्षेत्रीय सभापति महम्मद सहाबुदिन, नगर अध्यक्ष मनिन्द्र लाल नेपाली (मडु ), ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख उमेश चौरसिया, लेखा प्रमुख गुन्जन सिंह, क्याम्पस प्राध्यापक कन्हैया झा, क्याम्पसका प्रजातान्त्रिक कर्मचारी संघको सभापति गिता श्रेष्ठ, नेपाल बिधार्थी संघ जिल्ला अध्यक्ष ई.रमेश कु. यादव, सचिव फिरोज अंसारी, इकाई अध्यक्ष मनोज साह सहभागी थिए ।
यस्तै नेपाल बिधार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी नेता बिकास मंडल, राकेश चौरसिया, राजकुमारी साह, रुबि चौरसिया, अन्नु गुप्ता, रुपा साह, मुन्ना चौरसिया र सागर चौरसिया लगायत विभिन्न विद्यार्थी नेता कार्यकताहरुकोसमेत उपस्थिति रहेको थियो ।





