गुल्मी इस्मा गाउँपालिकामा उत्पादन कोदोको बजारीकरण नहुदा, खेर


गुल्मी । कोदो खेतीको बजारीकरण गर्न पहल गर्नु पर्दछ । तथापी इस्मा गाउँपालिकाले कोदोको संरक्षण, उत्पादनमा वृद्धि गर्न विगतमा प्रयास नगरेको होइन । तर, ती कतिपय प्रयास कागजमा मात्र सिमित र सैद्धान्तिक मात्र भए । केही सुरुवात भएका काम पनि निरन्तर अनुगमन नहुँदा प्रभावकारी हुन सकेनन् ।
किसानले उत्पादन गरेको कोदोले बजार नपाएर त्यत्तिकै खेर गएको थियो । यद्यपी अबदेखि कोदोको उत्पादन बढाउनको लागि विगतका प्रयासलाई सार्थक पूर्ण र व्यवहारिक बनाउनु पर्दछ । ईस्माको कोदोलाई काठमान्डौं बुटवल जस्ता देशका प्रमूख शहरहरुका होटेलहरुका मेनूमा अटाउने बनाउने र कोदोको ढिडो र रक्सीलाई मूख्य आर्कषक परिकार बनाई बेच्नु पर्दछ । त्यसको लाागि आवश्यक पहल गर्न विलम्ब गर्नु हुदैन ।
आगामी आर्थिक वर्ष विभिन्न कार्यक्रम गरी इस्मा गाउँपालिकालााई कोदो वर्षको रुपमा मनाउनु पर्दछ । बढी कोदो उत्पादन गर्ने किसानलाई आर्कषक पुरस्कारको व्यवस्था गर्ने, कोदो खेती गर्ने किसानलाई विशेष अनुदान दिने, कोदो खेतीलाई पर्यटन सगँ जोडने, कोदोबाट पर्यटकीय गतिविधी सञ्चालन गर्न इस्मा आउने पर्यटकलाई इस्माको मौलिक खानाको रुपमा ढिडो खुवाउने, कोदो खेतीलाई निर्वाहमूखी भन्दा पनि व्यावसायिक बनाउन, उत्पादित कोदोलाई बजारीकरण गर्ने, कोदोबाट धेरै खाद्य पदार्थ उत्पादन गर्नु पर्दछ ।
त्यस्तै, स्थानीय घरेलु तथा साना उद्योगको स्थापना गरी कोदोबाट धेरै परिकार बनाउने र उद्योगबाट उत्पादित कोदोको परिकारलाई देशको विभिन्न स्थानमा पुयाउँने, कोदोको न्युनतम सर्मथन मूल्य तोक्ने, स्थानीय कृषि सहकारीको माध्यमबाट कोदोको संकलन गरी गाउँपालिकाको समन्यवमा देशका विभिन्न ठूला शहरमा लगेर बच्ने, त्यसको लागि संघ, प्रदेश तथा स्थानीय तह बीच र आवश्यकता अनुुुुसार नीजि क्षेत्र सगँ समन्यव, सहकार्य गर्ने, कोदो बेचेर प्राप्त रकमलाई स्थानीय तहको विकाश र संमृद्धि र किसानको जीवनस्तर उकास्नको लागि खर्च गर्ने, एउटा कृषि सहकारीको सञ्चालन गर्ने जसले किसानले उत्पादन गरेको कोदोको संकलन गरेर देशको विभिन्न ठाउँमा लगेर बेच्न सकोस् ।

अन्तमा आत्मनिर्भर इस्मा बनाउने हो,भने कोदो खेतीको उत्पादनमा विशेष ध्यान दिनु पर्दछ । व्यवसायिक रुपमा प्रचुर सम्भावना भएको र भविष्यको मूख्य खानाको रुपमा चिनिएको त्यस्तै खानामा पोषिलो, स्वादिलो, गुणस्तर र स्वस्थ रहेको पञ्चगुण तत्वले सुसम्पन्न कोदो खेतीको उत्पादन गर्ने र उत्पादित कोदोलाई बजारीकरण गर्ने, कोदो खेतीको बारेमा बेलाबखत चारतारे होटेमा गरिएका राजनीतिक भाषणले पक्कै पनि कोदोको उत्पादन बढदैन् । त्यसका लागि काम नै गर्नु पर्ने हुन्छ ।
वास्तविक किसानलाई प्रोत्साहन गनुपर्दछ । कोदो खेती गर्ने किसानलाई सम्पान गर्नु पर्दछ । यसको लागि इस्मा गाउँपालिकाको एकल प्रयासले यो कार्य सम्भव छैन ।त्यसको लागि सबै सरोकारवाला पक्ष, राजनीतिक दल, नागरिक समाज, सबै किसानहरु जिम्मेवार, कर्तव्यनिष्ट हुनुपर्दछ । जसरी भएपनि इस्मालाई र इस्माको कोदोलाई नेपालभर चिनाउनु पर्दछ ।
आत्मनिर्भर इस्मा बनाउने हो, भने कोदोको उत्पादन बढाउनु पर्दछ कोदोबाट इस्माको समृद्धि खोज्नु पर्दछ । गाउँपालिकाले दिगो विकासको लागि लिएको “शिक्षा, स्वास्थ, कृषि, रोजगार, खुसी र समृद्ध इस्माको मुख्य आधार” भन्ने सोचलाई सार्थक बनाउनु पर्दछ ।
लेखकः त्रिभुवन विश्वविद्यालय स्नाकोत्तर प्रथम वर्षमा अध्ययनरत छन् ।





