बाजुरा भूकम्प अपडेट : एक महिलाको मृत्यु, ६ घर भत्किए

नवलपुर टुडे
२०७९ माघ १० | मध्यान्ह ०५:१० बजे

बाजुरा, माघ १० । आज बाजुरामा गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ ।
गौमुल गाउँपालिका–२ जुरेलीको स्थानीय जमुना रोकायाको जंगलमा घाँस काट्न गएको बेला भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भूकम्पले अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।





