काठमाडौको बालाजुको गेस्ट हाउसमा सैनिक जवान मृत फेला

नवलपुर टुडे
२०७९ माघ १० | मध्यान्ह ०५:१० बजे

काठमाडौँ । काठमाडौँको बालाजुस्थित एक गेस्टहाउसमा सैनिक जवान मृत फेला परेका छन् ।
नेपाली सेनामा कार्यरत जवान २५ वर्षीय विनय कार्की झुण्डिएको अवस्थामा फेला परेका हुन् । मंगलबार उनी मृत फेला परेसँगै अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका दिनेश एसपी दिनेश मैनालीले जानकारी दिए ।
पाल्पा घर भएका उनी रसुवा गंगाजल गेस्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।





