समाचार

    कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन् शिशु

    नवलपुर टुडे
    २०७९ माघ १० | मध्यान्ह १२:१० बजे
    फाइल तस्बिर

      कञ्चनपुर । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार जिल्लाको बेलौरी नगरपालिका – ८ कलकत्ताकी बालिकाले माघ ४ गते घरमै शिशु (छोरा) जन्माएको हो।

      बालिका सुत्केरी भएपछि एक भारतीयविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका – ८ कलकत्ताकी ती बालिकाले माघ ४ गते घरमै शिशु (छोरा) जन्माएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

      ढिलो गरी सूचना आएपछि प्रहरीले घरमै गएर छानबिन थालेको थियो । शिशु भारतीय नागरिक दयाराम गुप्ताको रहेको परिवारका सदस्य तथा बालिकाले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले उनीहरूको बयानका आधारमा भारतको बरेलीमा बस्दै आएका गुप्ताविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको छ ।

      प्रहरीका अनुसार गुप्ता ती बालिकाको भिनाजु नाता पर्ने व्यक्तिसमेत गरेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध गाँसेर विवाहको लागि भन्दै भारत लैजाँदै गर्दा सीमामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

      वैशाख १८ गते इलाका प्रहरी कार्यालयमै गुप्तासँग विवाहको लागि भारत जाँदै गरेको परिवारका सदस्यहरूले बयान दिएपछि १९ गते परिवारको जिम्मा लगाइएको थियो । उनीहरूबीच सहमतिमै सम्बन्ध भएर बच्चा जन्मिएको भएपनि बालिकाको उमेरका कारण भारतीय नागरिक गुप्ताविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।

      अहिले बलात्कार आरोपी गुप्ताको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

        कमेन्टहरु