प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

नवलपुर टुडे
२०७९ माघ १० | बिहान ११:१० बजे

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी भेटवार्ता भएको छ।
बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको हो । मन्त्री परिषद् विस्तारको विषयमा छलफल गर्न र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।





